ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक

पाेखरा | असार ५, २०८०

ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक

पोखरा:  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको पाँच वर्षपछि पारिश्रमिक वृद्धि गरेको छ ।

 

यसअघि टानले २०७५ सालको मंसिरमा पछिल्लो पटक बढाएको थियो ।

 

त्यसपछि अहिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पथ प्रदर्शकका रुपमा खटिने ट्रेकिङ गाइड, सहायक गाइड, सहयोगी मजदुरको दैनिक पारिश्रमिकमा वृद्धि गरेको हो ।
 

टानका महासचिव विनोद सापकोटाका अनुसार यसअघि पथ प्रदर्शकको  दैनिक पारिश्रमिक २ हजार १ सय  थियो भने अब ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । 

 

यसअघि अन्नपूर्णमा जाने गाइडको ज्याला प्रतिदिन २ हजार १०० रुपैयाँ थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

 

अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो ।

 

सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

 

यो निर्णय टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमासमेत जानकारी गराइसकेको छ । 

 

उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका लागि प्रदेशको बैठक बसेर पारित गर्ने तयारी रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘हामीलाई हिजोमात्रै पत्र आको छ । अब बैठक बसेर कार्यान्वयनको पाटोमा लैजानै तयारीमा छौ,’ उनले भने ।
 

टानको तथ्याङ्क अनुसार अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या करिब २ हजार ८ सय छ ।

 

देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएका छन् भने टुर गाइडको संख्या भने करिब ५ हजार छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्